काठमाडौं : वैदेशिक रोजगारीका नाममा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला ललितपुरमा पक्राउ परेकी छिन्।
काठमाडौं महानगरपालिका – १ नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका -१ घर भएकी ३८ वर्षीया साहारा सुव्वा (थेवे)लाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार ललितपुर महानगरपालिका -२८ हरिसिद्धिबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनले हालसम्म ९ जनाबाट एक करोड ८ लाख ३० हजार रुपैयाँ असुलेर ठगी गरेको खुलेको छ। आवश्यक अनुसन्धानका लागि उनलाई वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको छ।




