समाचार

जडीबुटी कम्पनीको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

काठमाडौँ :वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।

महाप्रबन्धक नियुक्तिका लागि गठित छनोट समितिले बिहीबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई अबको १५ दिनभित्र दरखास्त पेश गर्न आमन्त्रण गरेको छ।

सेयर गर्नुहोस् :