काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चीनको तिआन्जिन शहरमा हुने सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन जाने भएका छन्। उनी चीनको निमन्त्रणा बुधबार प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओली सानो प्रतिनिधिमण्डल लिएर सम्मेलनमा जाने तयारीमा छन्। उनले सम्मेलनको क्रममा राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।





