समाचार

प्रसाईंको प्रहार लिङ्देन माथि ‘भारतबाट गाडी चोरेर ल्याउने तिमी

काठमाडौं : मेडिकल व्यवसायी तथा हालै राजनीतिक दल खोल्ने घोषणा गरेका दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि तीव्र प्रहार गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लिङ्देनप्रति लक्षित गर्दै भने, “तिमीजस्तो भारतबाट गाडी चोरेर ल्याएर बेच्ने सन्तान म होइन।”

चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाको आन्दोलन हिंसात्मक बनेपछि आफूलाई दोष थोपरेको भन्दै प्रसाईंले लिङ्देनलगायत राजावादी नेताहरूलाई आन्दोलन बिगारेको आरोप लगाए। उनले आफू राजावादी नभई राष्ट्रवादी भएको स्पष्ट पार्दै नयाँ राजनीतिक दल “नेपाल र नेपालीका लागि” हुने दाबी गरे।

प्रसाईंले राप्रपासँग मिल्ने सम्भावना नदेखिएको उल्लेख गर्दै भने, “राप्रपासँग भिड्नु छैन, तर त्यहाँको नेतृत्वले धोका दिएको तथ्य सबैलाई थाहा छ।”

सेयर गर्नुहोस् :