पर्यटन

रामारोशनको सौन्दर्य झल्काउने प्रोमो सार्वजनिक, पूर्ण भिडियो चाँडै आउँदै

अछाम:सुदूरपश्चिम नेपालको रमणीय पर्यटकीय गन्तव्य रामारोशन क्षेत्रको प्राकृतिक सौन्दर्यलाई झल्काउने प्रोमो भिडियो सार्वजनिक गरिएको छ। “𝚁𝙰𝙼𝙰𝚁𝙾𝚂𝙷𝙰𝙽: 𝙶𝚊𝚝𝚎𝚠𝚊𝚢 𝚝𝚘 𝚆𝚒𝚕𝚍𝚎𝚛𝚗𝚎𝚜𝚜 𝙵𝙸𝙽𝙰𝙻 𝙿𝚁𝙾𝙼𝙾” शीर्षकको यो छोटो झलकले बाह्र ताल र अठार पाटनको अनुपम दृश्यहरू प्रस्तुत गरेको छ।

सुदूर आज र हावापानी नेपालको सहकार्यमा निर्माण भएको यो प्रोमो रामारोशन क्षेत्रीय पर्यटन विकास तथा व्यवस्थापन समितिको सहकार्यमा निर्माण गरिएको हो। पुर्ण खड्काको निर्देशनमा बनेको यस भिडियोलाई प्रकाश चन्द्र जिम्बाले सम्पादन तथा ड्रोनमार्फत छायांकन गरेका हुन्।

यो प्रोमो भिडियोले रामारोशनको प्राकृतिक, सांस्कृतिक र जैविक विविधता झल्काए पनि पूर्ण भिडियो भने चाँडै सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ।

सेयर गर्नुहोस् :