राजनीति

रुपन्देही–३ मा रास्वपाका उम्मेदवार थापा विवादमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार चयन भएका डा. लेखजंग थापा बहुविवाहको आरोपसहित विवादमा तानिएका छन्।

विपक्षीहरूले सामाजिक सञ्जालमार्फत उनको निजी जीवनलाई चुनावी एजेन्डा बनाउँदै आलोचना गरिरहेका छन्। तर, रास्वपाले भने थापाको पक्षमा स्पष्ट अडान लिएको छ।

पार्टी प्रवक्ता मनिष झाले भने, “उम्मेदवार छनोटका क्रममा सम्पूर्ण विवरण अध्ययन गरेर नै निर्णय गरिएको हो। त्यसैले अब पुनर्विचारको कुनै सम्भावना छैन।”

उनले थापाविरुद्ध पार्टीमा आधिकारिक उजुरी नपरेको भन्दै बाहिर आएका समाचारहरूलाई असत्य बताएका छन्।

निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारी दर्ता गर्ने मिति तोकेको छ भने असोज २२ गतेसम्म उजुरी पर्न सक्नेछ। उजुरी आएमा असोज २३ गते छानबिन र निर्णय हुनेछ।

थापाको उम्मेदवारीलाई लिएर रास्वपाभित्र औपचारिक विवाद नउठेपनि, बाहिर भने यो प्रकरणलाई विपक्षीहरूले चुनावी हतियारका रूपमा प्रयोग गर्ने संकेत देखिएको छ।

सेयर गर्नुहोस् :