समाचार

इजरायल आउँदै विपिन जोशीकाे परिवार

काठमाडाै: प्यालेस्टाइनको गाजाबाट हमास समूहद्वारा अपहरण गरिएका कञ्चनपुर भीमदत्त नगरपालिका-३ निवासी विपिन जोशीका आमा र बहिनी आगामी साता इजरायल आउँदै छन्। इजरायलस्थित नेपाली दूतावासले यो कुराको पुष्टि गर्दै उनीहरूको भ्रमण तालिकाबारे जानकारी दिएको छ। २०७८ असोज २३ (७ अक्टोबर २०२३) मा हमासले इजरायलको दक्षिण क्षेत्रमा रहेको आलुमिम किबुजमा आक्रमण गर्दा १० नेपालीको ज्यान गएको थियो भने विपिन जोशी बेपत्ता भएका थिए। विपिन इजरायलको लर्न एन्ड अर्न कार्यक्रममा ११ महिनाका लागि इन्टर्नसी गरिरहेका थिए।

उनकी आमा र बहिनीले आगामी साता आलुमिम पुगेर त्यहाँका घटनास्थलको स्थलगत अवलोकन गर्ने तथा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायत उच्च अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम तय गरिएको दूतावास स्रोतले जानकारी दिएको छ।

सेयर गर्नुहोस् :