काठमाडाै:सहकारी ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा रिहाइका लागि दायर गरेको निवेदन माथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश नारायण सापकोटाको इजलासमा चल्ने उक्त सुनुवाइमा लामिछानेले बैंक ग्यारेन्टीका आधारमा रिहाइको माग गरेका छन्। उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानत पेश गर्दै, ऐनको दफा ७१ अनुसार आदेश माग्दै साउन १९ गते निवेदन दर्ता गरेका थिए। निवेदनमा लामिछाने र सरकारी वकिल दुबैको तर्फबाट बहस हुनेछ र त्यसपछि अदालतले आदेश सुनाउनेछ।
साउन १९ गते निवेदन दर्ता भए लगत्तै न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षहरूलाई पेशीको सूचना दिन आदेश दिएको थियो। तर, साउन २० र २१ गते भने अदालतमा लामिछानेको कानुनी प्रतिनिधिले पेशी स्थगित गराउँदा सुनुवाइ रोकिएको थियो।





