कैलाली : कैलाली जिल्ला कारागारमा भएको झडपमा एक कैदीको मृत्यु र ४७ जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाललाई गृह मन्त्रालयमा तानिएको छ।
गृह मन्त्रालयले बुधबार हमाललाई मन्त्रालयमा फिर्ता बोलाउँदै उनको स्थानमा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई कैलाली पठाएको हो। लम्सालले अब कैलाली प्रशासनको नेतृत्व गर्नेछन्। गत शनिबार कारागारमा कैदीबीचको झडपमा भरत चौधरीको मृत्यु भएको थियो। सो घटनामा ४७ जना घाइते भएका थिए।





