समाचार

सरकारले तोक्याे नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर

काठमाडौँ : सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोगको लागि उपभोग दस्तुर निर्धारण गरेको छ। मन्त्रिपरिषद् साउन २६ गते बसेको बैठकले विभिन्न सवारीसाधनका लागि फरक दर तोकेको हो।

सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, कार र भ्यानका लागि काठमाडौँ आउँदा रु ६५ र जाँदा रु ६० दस्तुर लाग्ने छ।

त्यसैगरी, मिनी बस र ट्रकका लागि काठमाडौँ आउँदा रु ११५ र जाँदा रु ८०, बस र ठूला ट्रकका लागि आउँदा रु २६० र जाँदा रु २०० तोकिएको छ। साथै, भारी उपकरणका लागि काठमाडौँ आउँदा रु ६०० र जाँदा रु २५० दस्तुर लाग्ने बताए। उक्त सुरुङमार्गको भौतिक प्रगति हाल ९३ प्रतिशत पुगेको जानकारी मन्त्रालयले दिएको छ।

सेयर गर्नुहोस् :