काठमाडौं : प्रभु बैंक र बबरमहलस्थित अन्नपूर्ण न्युरो हस्पिटलबीच बैंकका ग्राहक र कर्मचारीलाई हस्पिटलका सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौतापत्रमा न्युरो हस्पिटलका मेडिकल प्रशासक डा. शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेमकुमार दाहाल तथा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका छन्।
यस सम्झौताअन्तर्गत प्रभु बैंकका कर्मचारी, उनका परिवारजन र ग्राहकले हस्पिटलका सेवामा १० देखि १५ प्रतिशत छुट पाउनेछन्। बैंकले नेपालभर ३१२ शाखा, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टर सञ्चालन गर्दै आएको छ।






