काठमाडौं : काठमाडौँको मनोहरा क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा आज बिहान झडप भएको छ। बस्तीका बासिन्दाले ढुंगामुढा गरेपछि तीन नगर प्रहरी घाइते भएका छन्।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले सरकारी जग्गामा अतिक्रमण गरी बनेका संरचना हटाउन डोजर चलाउँदा स्थिति तनावग्रस्त बनेको हो।
नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार, बस्ती हटाउनुअघि पटक पटक सूचना दिइए पनि अटेर भएपछि बल प्रयोग गरिएको हो। हालसम्म करिब २० देखि २५ घर र टहरा हटाइएका छन्।
अवस्था नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको महानगरले जनाएको छ।





