समाचार

रवि लामिछानेको कारागार सरुवा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा सारिने भएको छ। कारागार विभागले हिजोमात्रै सरुवासम्बन्धी निर्णय गर्दै कार्यान्वयनका लागि पत्र पठाएको थियो। त्यसैअनुसार आज दिउँसो उनलाई विमानमार्ग हुँदै काठमाडौं ल्याइँदैछ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली अहिले भैरहवा कारागार पुगेर लामिछानेलाई लिन तयारी अवस्थामा छ। दिउँसो ३ बजेर १० मिनेटमा बुद्ध एयरको विमानमार्फत उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइने र त्यसपछि प्रत्यक्ष नख्खु कारागारमा राखिने जनाइएको छ।

लामिछाने स्वयंले कारागार सरुवाका लागि निवेदन दिएका थिए। सोही निवेदनका आधारमा विभागले निर्णय गर्दै उनलाई काठमाडौं नजिकैको नख्खु कारागार सार्ने प्रक्रिया अघि बढाएको हो।

सेयर गर्नुहोस् :