समाचार

नख्खु जेलमा रहेका रवि लामिछाने अस्वस्थ

काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्वस्थ भएका छन्। हालै मात्र ललितपुरको नख्खु जेलमा सारिएका उनी सोमबार अस्वस्थ भएपछि वीर अस्पतालको ट्रमा सेन्टरबाट चिकित्सक टोली जेलमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ।

रास्वपाका कार्यवाहक सभापति डोरप्रसाद अर्यालका अनुसार लामिछानेलाई लामो समय अँध्यारो कोठामा बस्नुपर्ने अवस्थाले स्वास्थ्यमा असर पर्न सक्ने अनुमान गरिएको छ। “रगत परीक्षण भइरहेको छ। रिपोर्ट नआएसम्म के समस्या हो भन्ने स्पष्ट छैन,” अर्यालले जानकारी दिए।

लामिछानेको स्वास्थ्यबारे विस्तृत विवरण चिकित्सकको परीक्षण रिपोर्ट सार्वजनिक भएपछि मात्रै खुल्ने जनाइएको छ।

सेयर गर्नुहोस् :