खेलकुद

नपीएल को दोस्रो संस्करण नोभेम्बर १७ देखि

काठमाडौं :नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि सुरु हुने भएको छ। लिग डिसेम्बर १३ सम्म सञ्चालन हुने आयोजकले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।

यसअघि नै एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ। दोस्रो संस्करणमा विभिन्न टिमहरूले घरेलु खेलाडीलाई अनुबन्ध गरिसकेका छन्।

एनपीएल २०२५ नेपाल क्रिकेटमा ठूलो आकर्षणका रूपमा हेरिएको छ। पहिलो संस्करणमा पाएको सफलता र दर्शकको चासोलाई ध्यानमा राख्दै यसपटक थप प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस् :