काठमाडौं : सत्तारुढ नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
एक महिलाले महरमाथि गालीबेइज्जती र चरित्रहत्या गरेको आरोप लगाउँदै साइबर व्युरोमा जाहेरी दिएपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइएको प्रहरी स्रोतले जनाएको छ। उक्त जाहेरीका आधारमा साइबर व्युरोले अनुसन्धान अघि बढाएको छ।





