राजनीति

कवाड व्यवसायीले महानगर कार्यालय घेरे, मेयर बालेन माथि गुण्डागर्दीको आरोप

काठमाडौं : कवाड व्यवसायीहरूले काठमाडौं महानगरपालिका विरुद्ध फेरि विरोध प्रदर्शन गरेका छन्। कवाड व्यवसायी संघर्ष समिति नेपालको आह्वानमा व्यवसायीहरू बुधबार भृकुटीमण्डपमा भेला भई जुलुससहित कमलादी स्थित महानगरपालिका कार्यालयतर्फ गएर घेराउ गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले मेयर बालेन्द्र साह माथि कवाड व्यवसायीप्रति गुण्डागर्दी गरेको आरोप लगाउँदै विरोधका ब्यानर र प्लेकार्ड बोकेका थिए। उनीहरूले ‘कवाड व्यवसायीको श्रमको सम्मान गर’, ‘अन्यायपूर्ण कार्य तुरुन्त बन्द गर’, ‘अदालतको निर्णयलाई सम्मान गर’ जस्ता नारा समेत लेखिएका पोस्टर प्रदर्शन गरेका थिए।

व्यवसायीहरूको आरोप अनुसार महानगरले पछिल्ला दुई वर्षदेखि कवाड व्यवसायी र संकलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गर्दै आएको छ। उनीहरूले कुटपिट, सामान जफत तथा संरचना भत्काउने कार्य तत्काल बन्द गर्न माग गरेका छन्।

यसअघि सोमबार पनि व्यवसायीहरूले महानगर कार्यालय घेराउ गर्दै समान माग अघि सारेका थिए।

सेयर गर्नुहोस् :