समाचार

बैतडीमा जीप दुर्घटना, १२ घाइते, ३ जनाको अवस्था गम्भीर

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका -४ शाहीलेक नजिक जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से१ज २४५ नम्बरको जीप बुधबार दिउँसो करिब २ बजे शाहीलेक पुग्नुअघि ईश्वरीगंगा जाने बाटोमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।

घाइते सबैलाई जिल्ला अस्पताल बैतडीमा उपचार गरिँदै छ। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जीप चालक रोशन भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार चालकको स्वास्थ्य अवस्था सामान्य छ।

सेयर गर्नुहोस् :