समाचार

राष्ट्रिय सभाको समितिले हटायो ‘अतिरिक्त सचिव’को प्रावधान

काठमाडौँ : संघीय निजामती विधेयकमाथि दफावार छलफल गर्दै आएको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाले राखेको अतिरिक्त सचिव पद हटाउने निर्णय गरेको छ।

प्रतिनिधिसभाले सहसचिवपछि अतिरिक्त सचिव, त्यसपछि सचिव र मुख्यसचिव (सर्वोच्चको मुख्य रजिष्ट्रारसहित) राख्ने व्यवस्था गरेको थियो। तर राष्ट्रिय सभाको समितिले भने सरकारले प्रारम्भिक रूपमा प्रस्ताव गरेको जस्तै केवल सचिव (तेह्रौं तह) र मुख्यसचिव/मुख्य रजिष्ट्रार (चौधौं तह) सम्मको संरचना कायम गर्ने निर्णय गरेको हो।

समितिको निर्णय कार्यान्वयन भए निजामती सेवामा चौधौं तहसम्म मात्र पद रहनेछ।

सेयर गर्नुहोस् :