समाचार

सरकार र उखु किसानबीच आज वार्ता

काठमाडौं : सरकार र आन्दोलनरत उखु किसानबीच शुक्रबार बेलुकी सिंहदरबारमा वार्ता हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग पीडित किसान प्रतिनिधिहरूको भेटवार्ता आज साँझ ४ बजे तोकिएको छ।

काठमाण्डौ केन्द्रित सातदिने आन्दोलनलाई स्थगन गर्दै किसानहरू वार्तामा बस्न तयार भएका हुन्। किसान नेता महाशंकर थिङका अनुसार आन्दोलनले तत्काल समाधान नल्याए शनिबारदेखि दोस्रो चरणको आन्दोलन सुरू हुनेछ। थिङले भने, “सरकारले हाम्रो मागप्रति लचकता नदेखाए अर्को चरणको आन्दोलन तराईमा केन्द्रित हुनेछ।”

किसानहरू हाल उखुमा प्रति क्विन्टल ७० रुपैयाँ अनुदानको माग गर्दै संघर्षरत छन्। उनीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

सेयर गर्नुहोस् :