समाचार

मिस नेपाल २०२५’ को ताज लुना लुँइटेललाई

काठमाडौं : यस वर्षको ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले जितेकी छन्। आयोजक संस्था द हिडन ट्रेजरले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्वेन्सन सेन्टरमा भव्य फिनाले आयोजना गर्दै लुँइटेललाई विजेता घोषणा गरेको हो।

यसअघिका अडिसनहरू काठमाडौंसहित मुलुकका विभिन्न सहरमा सम्पन्न गरिएका थिए। ती अडिसनमार्फत छनोट भएका २६ जना प्रतियोगीबीच अन्तिम प्रतिस्पर्धा भएको थियो।

सेयर गर्नुहोस् :