गुवाहाटी (भारत) : पाँच खेलको टी–२० सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ले आसामलाई १९७ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रनको मजबूत योगफल बनायो।
नेपालका लागि सन्दीप जोराले आक्रामक ७४ रनको पारी खेले भने आदिल आलमले ३५, तृत दासले ३३ र अनिल साहले ३१ रन योगदान दिए।




