काठमाडौ :धरानका मेयर हर्क साम्पाङ राईलाई काठमाडौंमा स्वागत गर्ने क्रममा समर्थकहरूले उठाएको नाराले उनलाई भावुक बनाएको छ।
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेबित्तिकै साम्पाङको पक्षमा ‘हर्क साम्पाङ जिन्दावाद’ भनेर नाराबाजी गरिएको थियो। अकस्मात् सुटुक्क घन्किएको त्यो नारा आफैँले पनि कल्पना नगरेको बताउँदै उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।
‘राजधानीमा कुनै दिन “हर्क साम्पाङ जिन्दावाद” को नारा गुन्जिनेछ भन्ने कुरा मैले कहिल्यै सोचेको थिइनँ,’ साम्पाङले लेखेका छन्, ‘सायद यो मेरो देशभक्ति र निष्ठाको परिणाम हुन सक्छ। म सबैलाई धन्यवाद दिन चाहन्छु।’





