राजनीति

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूमि

काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपालको सीमाना विषयमा सरकार स्पष्ट रहेको बताएका छन्। उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएकाले यसमा छिमेकी राष्ट्रहरूले चित्त दुखाउन नपर्ने बताएका हुन्।

वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “हामीले हाम्रो भूमिलाई हाम्रो भनेर बोल्दा भारत वा चीनसँग सम्बन्ध बिग्रिनुपर्ने कुनै कारण छैन। त्यो भूमि नेपालको हो भन्ने हाम्रो अडान दृढ छ।”

उनले भारत–चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमतिको सन्दर्भ स्मरण गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबेला प्रकट गरेको आपत्ति उचित रहेको समेत उल्लेख गरे।

गृहमन्त्री लेखकले नेपालको भूमि कुनै पनि राष्ट्रविरुद्ध प्रयोग नहुने स्पष्ट पार्दै, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामा सम्झौता गर्न नसकिने बताए।

सेयर गर्नुहोस् :