समाचार

नारायणकाजी श्रेष्ठविरुद्ध अदालतमा अवहेलना मुद्दा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

अदालत, न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी टिप्पणी गरेको भन्दै आयुष दाहालले निवेदन दिएका हुन्। सोही आधारमा भदौ १७ गते मंगलबारका लागि पेसी तोकिएको छ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत अदालतमा पुग्नेहरूले घुस खुवाउन वा भनसुन गर्न नसके न्याय पाउन गाह्रो हुने आशयमा टिप्पणी गरेका थिए।

सेयर गर्नुहोस् :