काठमाडौं : संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट पास नहुँदा राष्ट्रिय सभाको सोमबारको कार्यसूचीबाट हटाइएको छ।
राष्ट्रिय सभा दिउँसो १ बजे बस्ने तय भए पनि विधायन व्यवस्थापन समितिले विधेयकमा सहमति जुटाउन नसकेपछि बैठक सवा ३ बजे सम्म सारिएको थियो। तर, अन्ततः समितिबाट प्रतिवेदन नआए पछि सभाको चौथो कार्यसूचीमा रहेको विधेयक पेस गर्ने प्रस्ताव हटाइएको सभाध्यक्ष तुलसा दाहालले जानकारी गराए।
यस अघि समितिमा विधेयकका विवादित प्रावधानमा सहमति जुटाउने प्रयास भए पनि निष्कर्ष ननिस्के पछि आजकै बैठकमा पेस गर्ने तयारी स्थगित भएको हो।





