काठमाडौँ : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट जडान कार्य तीव्र गतिमा भइरहेको छ।
निर्माण कम्पनीका अनुसार मैदान वरिपरि जडान गरिने ६ वटा पोलमध्ये हालसम्म ४ वटा पोल जडान भइसकेका छन्। बाँकी २ वटा पोल पनि आज र भोलि सम्ममा जडान सकिने योजना छ।
पोल जडान पूरा भएपछि इन्स्टलेसनको प्रक्रिया सुरु गरिने र तिहारभित्रै फ्लडलाइट बाल्ने लक्ष्य राखिएको निर्माण कम्पनीले जनाएको छ।
यस परियोजनाको लागि विशाण–ईश्वरी जोइन्ट भेन्चरले २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लिएको छ ।





