समाचार

मन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उपाध्यक्ष जोहान्स जुटबीच सहकार्यमा छलफल

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहान्स जुटबीच मंगलबार सहरी विकास मन्त्रालयमा महत्वपूर्ण भेटवार्ता भएको छ।

भेटमा दुवै पक्षले नयाँ परियोजनामा सहकार्य र सहरी पूर्वाधार विकास, फोहोर व्यवस्थापन, नदी सफाइ, र वातावरण संरक्षणलगायत विषयमा गहन छलफल गरेका छन्।

उपाध्यक्ष जुटले लुम्बिनी र काठमाडौं उपत्यकामा केन्द्रित योजना अघि बढाउने मन्त्रालयको पहल सराहनीय भएको उल्लेख गर्दै विश्व बैंक सहकार्यका लागि सकारात्मक रहेको जानकारी दिए। उनले सहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण, नदी तथा वायु स्वच्छता क्षेत्रमा विश्व बैंकको सहयोग जारी रहने बताए।

कार्यवाहक प्रधानमन्त्री सिंहले विश्व बैंकसँग भएका सहकार्यका लागि आभार व्यक्त गर्दै नयाँ योजनामा पनि थप सहयोग हुने विश्वास व्यक्त गरे। यस भेटवार्ताले नेपाल सरकार र विश्व बैंकबीचको साझेदारी अझ सुदृढ हुने अपेक्षा व्यक्त गरिएको छ।

सेयर गर्नुहोस् :