समाचार

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

काठमाडौँ : गएराति पहिरोले बन्द भएको कर्णाली राजमार्ग आज पुनः सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालयले पहिरो हटाएपछि कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले सडक खुला भएको जानकारी दिएका छन। उनका अनुसार, विशेषगरी गगने खोला नजिकको अवरोध हटाइएपछि यात्रुवाहनहरूले गन्तव्यतर्फ यात्रा गर्न सक्ने भएका छन्।

सडक अवरुद्ध हुँदा यात्रु र मालसामान ढुवानी प्रभावित भएको थियो। राजमार्ग खुलासँगै सामान्य आवतजावत पुनः सुरु भएको छ।

सेयर गर्नुहोस् :