समाचार

सर्वोच्च अदालत खरानी केही पनि बाँकी छैन

काठमाडौं : जेन-जी प्रदर्शनकारीको आक्रमणपछि सर्वोच्च अदालत पूर्ण रूपमा ध्वस्त बनेको छ । अदालतको मुख्य भवनदेखि एनेक्स भवनसम्म आगजनी हुँदा दशकौंको अभिलेख, पुराना फैसला सहित डिजिटल डाटासेन्टर समेत खरानी भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार, प्रदर्शनकारीहरूले मुद्दासम्बन्धी कागजातहरू संकलन गरेर थुपार्दै आगो दन्काए । डाटासेन्टर र अभिलेख शाखा जले पछि सर्वोच्च अदालतको वेबसाइट ‘डाउन’ भएको छ भने देशभरको अदालती काम ठप्प बनेको छ ।

महान्यायाधिवक्ता कार्यालय, जिल्ला अदालत र सरकारी वकिल कार्यालयहरूमा पनि त्यस्तै शैलीमा आगजनी भएको छ । अदालत परिसरमा रहेका सयौं सवारीसाधन जलेका छन् ।

एक न्यायाधीशले भने, “हामीसँग अब प्रमाण र कागजात केही पनि छैन, दशकौंको मेहनत खरानी भयो ।” बुधबारदेखि सांकेतिक रूपमा भए पनि अदालत सञ्चालन गर्ने तयारी भइरहेको छ ।

सेयर गर्नुहोस् :