समाचार

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने

काठमाडौं : नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै तलबभत्ता, सुरक्षा लगायत सुविधा नलिने घोषणा गरेका छन्।

मन्त्री घिसिङले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गरिने जानकारी दिएका छन्। यस सँगै, नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय पनि उनले गरेका छन्।

पदभार ग्रहण समारोहमा उनले आफूलाई ‘माननीय’ नभन्न आग्रह गर्दै कर्मचारी र सञ्चारकर्मीहरूसँग सहयोगका लागि आह्वान गरेका छन्।

सेयर गर्नुहोस् :