साँफेबगर (अछाम) : साँफेबगर युथ युनाइटेड क्लबको आयोजनामा हुने बहुप्रतिक्षित अछाम च्याम्पियन्स ट्रफी २०८२ का लागि टिम दर्ता खुला गरिएको छ। आयोजकले यस वर्षको प्रतियोगितालाई अझ अनुशासित, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन विशेष नियमावली लागू गरिएको जनाएको छ।
प्रतियोगिता टेनिस बल क्रिकेटमा हुनेछ। समूह चरणका खेलहरू T-10 फर्म्याटमा, प्ले अफका खेलहरू १२ ओभरमा र फाइनल खेल १५ ओभरमा खेलाइने छन् भने प्रतियोगितामा कम्तीमा २० टिमको सहभागिता रहने अपेक्षा गरिएको क्लबका अध्यक्ष राज कुँवरले जानकारी दिएका छन।
अध्यक्ष कुँवरका अनुसार, खेलाडीहरूले अनिवार्य रूपमा खेल पोशाक लगाउनुपर्नेछ भने खेल सामग्री आफैं ल्याउनुपर्नेछ। अनुशासन उल्लंघन गर्ने वा अशिष्टता प्रदर्शन गर्ने टिमलाई तत्काल प्रतियोगिताबाट अयोग्य ठहरिने क्लबले जानकारी दिएको छ।
दर्ता प्रक्रिया र मिति
दर्ता प्रक्रिया “पहिले आउँ, पहिले पाऊँ” आधारमा हुनेछ भने दर्ताको अन्तिम मिति २०८२ आशोज १६ तोकिएको छ। दर्ताका लागि दर्ता फाराम, खेलाडीको दुई प्रति फोटो, क्लव/टिम/वडा पत्रमुख र राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।
सहभागिता नियम
अछाम जिल्ला भित्रका टिमले अधिकतम ३ जना बाहिरी खेलाडी समावेश गर्न सक्नेछन् भने अछाम बाहिरका टिमहरु अनिवार्य रूपमा पालिका स्तरका हुनुपर्ने र ती टिमले पनि अधिकतम ३ बाहिरी खेलाडी खेलाउन पाउनेछन्। प्रतियोगिता अवधिभर राष्ट्रियस्तरका खेलाडी, चर्चित कलाकार तथा distinguished guests हरूको उपस्थिति रहने भएकाले आयोजकले खेल भावना र शिष्टाचार प्रदर्शन गर्न सबैलाई आग्रह गरेको छ।
यो प्रतियोगिताले खेल मार्फत युवाहरूलाई सकारात्मक दिशातर्फ डाेर्याउने मात्र होइन, जिल्लालाई खेलकुद र सांस्कृतिक गतिविधिको केन्द्रको रूपमा स्थापित गर्ने हाम्रो साझा प्रयास रहेकाे क्लबका अध्यक्ष राज कुँवरले बताउनु भएकाे छ।
सम्पर्क:
राज कुँवर – अध्यक्ष, साँफेबगर युथ युनाइटेड क्लब
९७६५७६८६६८ / ९८६८८१८१९१
९७६५७६८६६८ / ९८६८८१८१९१
राज कुँवर, अध्यक्ष
साँफेबगर युथ युनाइटेड क्लब, अछाम











