राजनीति

नेकपा माओवादी केन्द्रसहित ८ दलबीच एकता, नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी

काठ्माडाैँ : नेकपा माओवादी केन्द्र लगायत ‌ आठ वटा दलबीचको एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने भएको छ। प्रज्ञाभवन कमलादीमा बसेको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबारे औपचारिक जानकारी गराएका हुन्।

यसअघि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित आठ दलबीच भएको १८ बुँदे सहमतिमा पार्टीको नाम खुलाइएको थिएन। नयाँ पार्टीको चुनाव चिन्ह ‘पाँचकुने तारा’ रहने सहमति पहिले नै ती आठ राजनीतिक दलबीच भइसकेको छ। पार्टी एकीकरणको औपचारिक घोषणा भोलि भृकुटीमण्डपमा विशेष कार्यक्रममार्फत गरिने बताइएको छ।

सेयर गर्नुहोस् :