समाचार

प्यान कार्ड र कर सेवा अब स्थानीय तहबाटै उपलब्ध

काठमाडौं: प्रशासनलाई जनता समक्ष अझ नजिक र सहज बनाउन आन्तरिक राजस्व विभागले अबदेखि प्यान (स्थायी लेखा नम्बर) कार्ड तथा करसम्बन्धी प्रमुख सेवा स्थानीय तहमार्फत उपलब्ध गराउने व्यवस्था गरेको छ।

विभागले जारी गरेको विज्ञप्तिअनुसार, यसअघि करदाता सेवा कार्यालयमार्फत मात्र प्रदान हुँदै आएको प्यान सेवा अब सम्बन्धित स्थानीय तहबाटै लिन सकिनेछ। करदाता सेवा कार्यालयहरू खारेज भइरहेका कारण, नयाँ प्रणाली पूर्णरूपमा लागू नहुँदासम्म जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत पनि सेवा प्रवाह गरिने विभागले स्पष्ट पारेको छ।

यससँगै कर भुक्तानी तथा कर चुक्ता प्रमाणपत्र अब अनलाइन प्रणालीमार्फत सहजै प्राप्त गर्न सकिने व्यवस्था पनि लागू गरिएको विभागले जनाएको छ।

सेयर गर्नुहोस् :