काठमाडौं :आगामी निर्वाचनमा सहभागिता जनाउने निर्णय गरे सँगै नेपाली कांग्रेसले निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ता गराएको छ।
आइतबार कांग्रेसको टोली निर्वाचन आयोग पुगेको थियो। दर्ता प्रक्रिया सम्पन्न भएको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका छन्। ‘आज हामीले निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी सबै प्रक्रिया पूरा गर्यौं,’ उनले भने।
कांग्रेसले राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि आवश्यक कागजी प्रक्रिया पूरा गरेको छ। पार्टीले हिजो मात्रै प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो।
निर्वाचन कार्यक्रम अनुसार राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने छ भने प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा तोकिएको छ।





