समाचार

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग

काठमाडौं:प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातावादको आरोप लागेपछि नेपाल जेनजी फ्रन्टले तीव्र आपत्ति जनाउँदै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

श्रेष्ठले आफ्नै श्रीमती सहितका परिवारका सदस्यलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको समाचार सार्वजनिक भएपछि जेनजी फ्रन्टले विज्ञप्ति जारी गर्दै विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

फ्रन्टद्वारा जारी विज्ञप्तिमा राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील संरचनामा पारिवारिक सम्बन्धका आधारमा हुने नियुक्ति पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, पारदर्शिता र जवाफदेहिता माथिको प्रत्यक्ष प्रहार भएको उल्लेख छ।

मागहरु :

सेयर गर्नुहोस् :