समाचार

प्रधानमन्त्रीलाई भेट्न पुगेका जेनजी समूहलाई प्रहरीले गेट बाटै लखेट्यो

काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई प्रहरीले बाहिरै बाट फर्काएको छ।

प्रधानमन्त्री कार्यालयबाट अनुमति नलिई प्रवेश गर्न लागेका उनीहरूलाई प्रहरीले सिंहदरबारको दक्षिण गेटमै रोकेको हो। प्रहरीको अवरोध पछि युवाहरूले जबरजस्ती भित्र छिर्ने प्रयास गरेपछि बल प्रयोग गर्दै हनुमानस्थान तर्फ धकेलिएको थियो।

जेनजी अभियान्ता ढुंगानाका अनुसार प्रधानमन्त्रीसँग भेटका लागि पटक–पटक समय माग्दा पनि उपलब्ध नभएपछि आफूहरूले प्रत्यक्ष रूपमा प्रवेश गर्न खोजिएको हो। उनले सरकारले युवाहरूका गुनासा र मागलाई बेवास्ता गर्दै सारा ध्यान निर्वाचनमा मात्र केन्द्रित गरेको आरोप लगाएका छन।

ढुंगानाले युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सक्ने स्थिर, उत्तरदायी र दीर्घकालीन सरकार आवश्यक रहेको बताए। उनका अनुसार राजनीतिक दलहरूले युवाको भावना विपरीत चल्ने छुट छैन। आगामी चुनावमा पुराना दलहरू मात्रै फेरि अघि आए युवाहरूका माग पूरा नहुने बताएका छन ।

सेयर गर्नुहोस् :