खेलकुद

टी–२० विश्वकप नेपाल ‘सी’ समूहमा, सबै खेल मुम्बईमै

काठमाडौं :आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटमा नेपाल समूह ‘सी’ मा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले मंगलबार सार्वजनिक गरेको तालिकाले नेपालको समूह र खेल तालिका स्पष्ट भएको हो।

समूह ‘सी’ मा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्। यस्तै, समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया परेका छन्। समूह ‘बी’ मा अष्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड, जिम्बावे र ओमान छन् भने समूह ‘डी’ मा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई छन्। नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्ड विरुद्ध खेलेर विश्वकप खेल सुरू गर्नेछ भने फेब्रुअरी १२ मा इटालीसँग दोस्रो खेल,फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग तेस्रो र फेब्रुअरी १७ मा बंगलादेशसँग अन्तिम खेल खेल्नेछ । तालिका अनुसार नेपालका सबै खेल मुम्बईमा हुने छन ।

सेयर गर्नुहोस् :