समाचार

धनगढीमा महेश बस्नेत विरुद्ध जेनजी युवाहरूको विरोध प्रदर्शन

धनगढी: नेकपा एमालेका नेता महेश बस्नेत धनगढी आउँदै गर्दा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। उनीहरूले प्लेकार्ड सहित सडकमा उत्रिएर “गुण्डुको गुण्डा गो ब्याक” र “जेनजीको रगत माथि खेलबाड गर्न पाइँदैन” जस्ता नारा लेखेका छन्।

बस्नेत बुधबार दिउँसो एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सम्बोधन गर्न धनगढी आइरहेका छन्। सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी सडकमा ठूलो संख्यामा परिचालन गरिएको छ।

सेयर गर्नुहोस् :