राजनीति

रास्वपा सचिवालय बैठकले गर्‍यो पाँच महत्वपूर्ण निर्णय

काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको मंगलबार बसेको बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ।

बैठकमा विभिन्न राजनीतिक दल, समूह र व्यक्तिसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिले ब्रिफिङ प्रस्तुत गरेको थियो। सचिवालयले सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। साथै, सुशासन र द्रुत विकासमा समर्पित सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरिएको छ।

पार्टीको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगका रिक्त पदहरू पूर्ति गर्न योग्य सदस्यहरूको नाम सिफारिस गर्न निर्देशन दिइएको छ। प्रदेश इन्चार्जको जिम्मेवारी निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र आवश्यक भूमिका केन्द्रीय सदस्यहरूमा तोक्ने निर्णय पनि गरिएको छ।

बैठकले सबै पालिकामा पार्टीको र्यापिड एक्सन टिम (RAT) गठन गर्ने र त्यसका लागि प्रदेश तथा जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरेको छ। त्यस्तै, कार्यसम्पादन मूल्याङ्कनको आधारमा कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय पनि भएको छ।

पार्टी प्रवक्ता मनिष झाले उक्त निर्णयहरूको जानकारी सार्वजनिक गरेका हुन।

सेयर गर्नुहोस् :