समाचार

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यास यथावत्

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटेको छ भने हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ। अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य भने प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ। नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुने निगमले जनाएको छ।

पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् छ।

सेयर गर्नुहोस् :