शिक्षा / राेजगारी

विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई संघीय अनुदान रोक्ने चेतावनी दिएका छन्। उनले सबै पालिकालाई नियमअनुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताए।

मन्त्री पुनका अनुसार केही पालिकाले विद्यालय व्यवस्थापन समिति बिना मनोमानी ढंगले विद्यालय सञ्चालन गर्दै आएको पाइएको छ। यस्तो अवस्थामा सरकारले ती पालिकाको विद्यालयमा आउने संघीय अनुदान रोक्का गरिनेछ उनले भने।

यससँगै, विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूको नाम संकलन भइरहेको मन्त्री पुनले जानकारी दिए।

सेयर गर्नुहोस् :