राजनीति

काठमाडौँमा आज उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा

काठमाडौँ: कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज बुधबार औपचारिक रूपमा घोषणा हुँदैछ। कार्यक्रम १–४ बजे सम्म प्रज्ञा भवन, कमलादी काठमाडौँमा आयोजना हुने तय गरिएको छ।

घोषणा सभामा प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङ हुनेछन्। सोही अवसरमा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र २०८२ को घोषणापत्र पनि सार्वजनिक गरिनेछ बताइएको छ।

सेयर गर्नुहोस् :