खेलकुद

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने हुनेछन्

काठमाडौं:नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा विराटनगर किंग्सले शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै क्वालिफायर वानमा प्रवेश गरेको छ। १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै पूरा गर्दै रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्‍यो।

विराटनगरका लागि फाफ डु प्लेसिस र साम हेजललेटले पहिलो पावरप्लेमा ८७ रन जोडी शुरुवात गरे। फाफले १९ बलमा अर्धशतक प्रहार गरे भने हेजललेटले ५१ रन बनाए। गप्टिलले २२ रन जोडे।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा १४७/६ रन बनाएको थियो। आशिफ शेख (४५*) र इशान पाण्डे (३८) ले इनिङ सम्हाले। अरु खेलाडीले त्यस्तो राम्रो रन बनाउन सकेनन् । विराटनगरका लागि सबै भन्दा बढि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए।

तालिकामा सुदूरपश्चिम १२ अंकसहित शीर्षस्थान रहँदा विराटनगर १० अंकसहित दोस्रो भयो। अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने हुनेछन्।

सेयर गर्नुहोस् :