खेलकुद

एनपीएल फाइनल आज, विजेतालाई १ करोड १० लाख, कारदेखि बाइक सम्म

काठमाडाै : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको फाइनल खेल आज कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा सुदूरपश्चिम रोएल्स र लुम्बिनी लायन्सबीच हुँदैछ। सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल पुगेको हो भने लुम्बिनी पहिलो पटक फाइनल खेलेको हो। यस पटक एनपीएलले नयाँ च्याम्पियन पाउने पक्का भएको छ।
विजेता टिमले १ करोड १० लाख र उपविजेताले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। तेस्रो भएको विराटनगर किंग्सले २५ लाख र चौथो भएको काठमाडौँ गोर्खाजले १५ लाख पाउनेछन्। व्यक्तिगततर्फ उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा कार पुरस्कार दिइनेछ। यस्तै बेस्ट ब्याटर, बेस्ट बलर र बेस्ट इमर्जिङ प्लेअर प्रत्यकले पल्सर बाइक पाउनेछन्।

समग्रमा, ठूलो पुरस्कार राशी र व्यक्तिगत सम्मानका कारण एनपीएल फाइनल खेल अझै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको छ।

सेयर गर्नुहोस् :