काठमाडौँ। आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर सुरु भएको छ। जसअन्तर्गत नेपालसहित एसियाका सात देशमा ट्रफी प्रदर्शनी गरिनेछ। भारतबाट सुरु भएको यो टुर भारत, श्रीलंका, कतार, ओमान, नेपाल, बहराइन र मङ्गोलियामा पुग्नेछ। ट्रफी टुरका क्रममा फ्यान भेटघाट, सार्वजनिक कार्यक्रम तथा क्रिकेट कार्निभल आयोजना गरिनेछ, जसबाट लाखौँ क्रिकेटप्रेमीले ट्रफी नजिकबाट हेर्ने अवसर पाउनेछन्।
टी–२० विश्वकप २०२६ मा २० टिम सहभागी हुनेछन्। प्रतियोगिता सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाका आठ मैदानमा सञ्चालन हुनेछ। नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।





