समाचार

बझाङको बित्थड खेल मैदान निर्माणमा १४ लाखभन्दा बढी भ्रष्टाचार

काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ। उनीहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, सव–इन्जिनियर, लेखापाल र उपभोक्ता समितिका अध्यक्ष, सचिव तथा कोषाध्यक्ष रहेका छन्।

आर्थिक वर्ष २०७६/७७ मा ६५ लाख रुपैयाँको बजेट विनियोजन भए पनि, दोहोरो सम्झौता, नगरेको कामको भुक्तानी, कमसल निर्माण सामग्री प्रयोग गरी १४ लाख ६६ हजार रुपैयाँभन्दा बढीको गैरकानुनी लाभ लिएको आयोगले पत्ता लगाएको छ। दोषीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार जरिवाना, कैद र बिगो असुलको माग गरिएको छ।

सेयर गर्नुहोस् :