काठमाडौ। उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले यो निर्णय गरेको हो।
काठमाडौँ। तत्कालीन गृहमन्त्री रमेश लेखक जेन जि आन्दोलन २३ र २४ भदौका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन्। बयान सकेपछि उनले दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो बयानबारे जानकारी गराउने कार्यक्रम राखेका छन्। सेयर गर्नुहोस् :
बैतडी:महालक्ष्मी विकास बैंकको गोकुलेश्वर शाखामा झन्डै पौने तीन करोड रकम हिनामिना गरेको आरोपमा शाखा प्रबन्धकसहित चार जना कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा शाखा प्रबन्धक सागर शाही वर्षीय, कर्जा विभागका धनन्जय पन्त वर्षीय, नगद विभागकी निर्मला साउद वर्षीय, र ग्राहक सहायता कक्षका अम्बादत्त पन्त वर्षीय रहेका छन्। दार्चुला प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धानका […]
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था अझै सार्वजनिक नभएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ। माओवादी सशस्त्र द्वन्द्वकाल (२०५२–२०६२) का क्रममा बलपूर्वक बेपत्ता पारिएका सयौं व्यक्तिको अवस्था अझै अज्ञात रहँदा, विस्तृत शान्ति सम्झौता सम्पन्न भएको करिब दुई दशक पुग्न लागेको छ। आयोगले यसलाई शान्ति सम्झौता […]