काठमाडौ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र काटेको छ। आयोग स्रोतका अनुसार मंगलबार पठाइएको पत्रमा लेखकलाई ७ दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ।
यसपछि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको छानबिन गर्न सुशीला कार्की नेतृत्वको सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।





