काठमाडौ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ५७ जना सांसदले दर्ता गरेको पूरक निवेदनको सुनुवाइ सकिएको छ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत,न्यायाधीश सपना प्रधान मल्ल,हरिप्रसाद फुयाल,मनोजकुमार शर्मा र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले सुनुवाइ पूरा गरेको अदालत प्रशासनले जनाएको छ । आजै आदेश आउने अपेक्षा गरिएको छ।





